रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

 जेठ १४, २०७५ सोमबार २०:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १४ – युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै ला लिगा विजेता बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।

खेलकुदको डाटा संकलन तथा मूल्याकंन गर्ने कम्पनी ग्रेसनोटले सार्वजनिक गरेको उत्कृष्टताको वरीयताक्रममा बार्सिलोनाले ४३३३ अंक जोडेको छ भने रियलको ४१९० अंक छ ।

क्लबले चार सिजनमा गरेको प्रदर्शनका आधारमा यो वरीयता निर्धारण गरिनेछ । तर वरीयताक्रममा हालको सिजनबाट दुई तिहाई अंक निर्धारण हुन्छ ।

यस वरीयता क्रममा जर्मन क्लब बायर्न म्युनिख तेस्रो, इटालियन क्लब युभेन्टस चौथो, इंग्लिस क्लब म्यान्चेष्टर सिटी पाँचौं, फ्रेन्च क्लब पीएसजी छैटौं, एथलेटिको मड्रिड सातौं, नेपोली आठौं, टोटनह्याम नवौं र म्यान्चेष्टर युनाइटेड दशौं स्थानमा छन् ।

बिबिसीबाट

अन्तिम अपडेट: कात्तिक १६, २०७५

तपाईको प्रतिक्रिया