स्पेनिस ला लिगामा  रियल मड्रिडलाई दुई अंकको अग्रता

 असार १५, २०७७ सोमबार ८:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले इस्पानोयलमाथि एक शून्यको कठिन जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाभन्दा दुई अंकको अग्रता बनाएको छ ।

गएराति भएको खेलको छैटौं मिनेटमा नै रियालका क्यासेमेरोको प्रहारलाई इस्पानोलका गोलकिपर लोपेजले बचाए । ३१ औं मिनेटमा टोनी क्रुसको फ्रिकिकमा कप्तान सर्जियो रामोसको हेडर प्रयासले सहि दिशा लिन सकेन । खेलको ४४ औं मिनेटमा रियलका तीन खेलाडीले प्रहार गरेको बललाई इस्पानोयलका गोलकिपर लोपेजले बचाए ।

तर पहिलो हाफका अन्तिममा रियालले खेलमा अग्रता बनायो । करिम बेन्जिमाले डिबक्समा दिएको पासलाई क्यासेमेरोले सहजै गोल गर्न सफल भए ।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएको रियालले दोस्रो हाफमा पनि धेरै अवसर पाएका थियो । तर उसले थप गोल गर्न सकेन । 

जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया