दाेस्राे एक दिवसीय क्रिकेट: नेपालकाे तेस्राे विकेट पतन

 साउन १८, २०७५ शुक्रबार १५:४१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ । 

पहिलाे र दाेस्राे विकेट लिएका क्लासनले १२अाैं अाेभरकाे पहिलाे बलमा अाेपनर सुवास खकुरेललार्इ १९ रनमा अाउट गरेका हुन । ३३ बल सामना गरेका खकुरेलले ३ चाैका प्रहार गरेका थिए ।

यसअघि नेपालका अाेपनर  ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका छन् ।

टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले अाठाैं अाेभरकाे तेस्राे बलमा ज्ञानेन्द्रलार्इ र छैठाैं बलमा अनिल साहलार्इ अाउट गरेका हुन् ।

क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन् ।

यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साहले ३ बल खेल्दै आउट भएका हुन । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया