आफ्नै अड्डामा मन्त्री भट्टराईको छड्के निरीक्षण : कतै फोहर, कतै कर्मचारी अनुपस्थित

 असार १६, २०७७ मंगलबार १४:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखामा मङ्गलबार छड्के निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सरकारको निर्णय अनुसार कार्यालय दुई शिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नकाे लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया