प्रधानमन्त्री ओली नगएपछि स्थायी कमिटी बैठक २ दिनको लागि स्थगित

 असार १८, २०७७ बिहिबार १७:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक दुई दिनकाे लागि स्थगित भएको छ ।

बिहीबार बालुवाटारमा दुई पटक बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मकाे लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग्ने शङ्कापछि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको नेताहरुले बताएका छन् । 

‘उहाँ निकै आलोचित भइसक्नुभएको छ, त्यसैले स्थायी कमिटीको बैठकमा आउन पनि डराउनुभयो, दुई पटककै बैठकमा आउनुभएन’, एक स्थायी कमिटी सदस्यले उज्यालो अनलाइनसँग भने । 

बिहान ११ बजे सुरु भएको बैठकमा उपस्थित नभइ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानुभएको थियो भने मन्त्रिपरिषद्को बैठक पनि सम्पन्न गर्नुभएको थियो ।

बिहीबार बिहान नै पार्टीका अर्का अध्यक्ष प्रचण्डले चलाएको बैठक केहीबेरको लागि स्थगित भएको थियो, प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेपछि ३ बजे फेरि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । बैठकमा प्रचण्डले मात्रै धारणा राख्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया