जापानको तामुरा सिटी र एथ्लेट सोसाइटीको नेपाली खेलाडीलाई सहयोग

 साउन १८, २०७५ शुक्रबार १८:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - जापानको तामुरा सिटी र एथ्लेट सोसाइटीले नेपाली खेलाडीलाई सहयोग गर्ने भएका छन् ।

सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदसम्म नेपाली खेलाडीले प्रशिक्षणको मौका पाउनेछन् । शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा त्यो सम्झौता भएको हो । 

सम्झौतापत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र एथलेट सोसाइदीका महासचिव डा. ओकी शोकोले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फुकुसिमामा रहेको तामुरा सिटीले ओलम्पिकमा छनोट हुने सम्भावना भएका खेल र खेलाडीलाई प्रशिक्षण प्रदान गर्नेछ । जुन प्रशिक्षण जापान वा नेपाल दुवैमा हुन सक्नेछ ।

नेपाली खेलाडीलाई एथ्लेट सोसाइटीले प्रशिक्षण लगायत प्राविधिक पक्षमा सहयोग गर्नेछ भने तामुरा सिटीले आर्थिक सहयोग गर्ने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले म्याराथन प्राथमिकतामा रहेको बताए । सम्झौताअनुसार शनिबारबाटै तामुरा सिटी र एथलेट सिटीले म्याराथनको प्रशिक्षण सुरु गर्नेछ । म्याराथनको प्रशिक्षण युरिका नाकामुराले गर्नेछिन् ।

उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया