दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलार्इ दियाे २१७ रनको लक्ष्य

 साउन १८, २०७५ शुक्रबार १८:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदल्याण्ड्स विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ ।

सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८.५ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । सोमपाल बाहेक नेपालका लागि कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अनिल शाह पनि ४ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

सुवास खकुरेल पनि व्यक्तिगत १९ रनमा बोल्ड हुँदा नेपालले ४७ रनमात्र बनाएको थियो । नेपालको पहिलो तीनैवटा विकेट फ्रेड क्लासेनले लिएका थिए ।

चौथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १९ रनमा रनआउट भए । त्यस क्रममा पारस खड्काले ५१ रनको योगदान दिँदै १३५ को स्थितीमा पुर्‍याएका थिए ।

नेपालका लागि आरिफ शेखले १६, सन्दिप लामिछानेले ८, रोहित कुमार पौडेलले ६, ललित भण्डारीले ४ र बसन्त रेग्मीले १ रन बनाएका थिए ।

बलिङतर्फ क्लासेनले तीन विकेट लिँदा मिचेल रिप्पन र पिटर सिलरले २–२ विकेट लिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया