पोहोर तीजमा भाग्यमानी भएकी कल्पनाको आँखा यसपाला नयाँ चिजमा गएपछि (भिडियाे)

 साउन १८, २०७५ शुक्रबार १९:५५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सञ्चारकर्मी कल्पना भण्डारीको नयाँ तीज गीत ‘ऐलेको तीजैमा’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

‘न बिर्सें तिमीलाइ न पाएँ तिमीलाई’ लगायतका चर्चित गीतका स्रष्टा विपिन किरणको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका छन् ।

गीतका शब्दहरुमा तीजको नाचगान र रमाइलोबाहेक छोरीले पनि मौका पाउँदा देशका लागि योगदान दिन सक्छन् भन्ने सन्देश पनि समावेश छ ।

राज महर्जनको कोरियोग्राफी रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका छन् भने भण्डारी आफैंले मोडलिङ गरेकी छिन् ।

भण्डारीले गएको वर्ष विपिन किरणकै शब्दमा सार्वजनिक गरेकाे आफ्नो पहिलो तीज गीत ‘मै कति भाग्यमानी’लाई पनि दर्शक तथा श्रोताहरुले निक्कै मन पराएका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया