एनसेलले ल्यायो ‘ननस्टप यूट्युब’ अफर

 असार २४, २०७७ बुधबार ७:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले आफ्ना सबै फोरजी ग्राहकको लागि ‘ननस्टप यूट्युब’ अफर ल्याएको छ । 

भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले यूट्युबको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलको प्राइभेट लिमिटेडले नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप यूट्युब’ अफर ल्याएको हो । 

यस प्याकेजमा नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङ सहित यूट्युब अफर, एकसय रुपैयाँमा एक हप्ताभरि यूट्युब चलाउन मिल्ने, थप ४ जीबी अल टाइम अल नेटवर्क डाटा, फेसबुक र टिकटकको लागि थप डाटा पनि लिन सकिने एनसेलले जनाएको छ ।

ग्राहकले ननस्टप यूट्युब प्याक सञ्चालन गरेपछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र २० रुपैयाँ (कर सहित २५।५३ रुपैयाँ) मा ३५०० एमबी थप डाटाको लिन सक्नेछन् । थप लगिएको डाटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म  ३५०० एमबी थप डाटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डाटा पनि लिन सक्नेछन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक १ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सञ्चालन गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको जनाएको छ । सन् २०१७ मा फोरजी सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको हो । 

यस अफर अन्तर्गतको ननस्टप यूट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न एनसेलको आग्रह छ ।

साथै सिम अपगे्रड गर्ने ग्राहकले थप १ जीबी डे प्याक डाटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया