देश र पार्टी दुर्घटना हुन नदिन लागिपरेकाे छु : अध्यक्ष दाहाल

 असार २७, २०७७ शनिबार २०:५६:३२ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको विश्वास गुम्न नदिने बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी माडीद्वारा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिस्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।' अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताउनुभयो । 

उहाँले थप्नुभयो, 'कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ', उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।' कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गर्नुभयो । 

कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उहाँको भनाइ थियो । यस अवसरमा उहाँले कोरोना सँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताउनुभयो । यद्यपि सचेत भने हुनुपर्ने उहाँको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्त्व राख्ने महत्त्वपूर्ण आयोजनाहरु अघि बढेको उहाँले बताउनुभयो ।

निकुञ्ज ऐन संशोधन प्रक्रियामा रहेको, आकाशे पुलका लागि अध्ययन गर्न एक करोड रुपैयाँ विनियोजन भएको र चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । यस अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका विकास निर्माणका बारेमा जानकारी गराउनु भएको थियो । शनिबार नै दाहालले बाढीले बगाएर मृत्यु भएकाको घरमा पुगेर जानकारी लिनुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Puran bhandari

    July 11, 2020, 10:09 p.m.

    नेताज्यू चीनसंग मिल्न हुन्न /

  •  0 Reply

तपाईको प्रतिक्रिया