लिभरपुल बर्नलीसँग बराबरीमा रोकियो

 असार २८, २०७७ आइतबार ७:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । हिजो भएको खेलमा लिभरपुल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।

खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बर्नली खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

यससँगै लिभरपुल सन् २०१९ को जनवरीपछि पहिलो पटक घरेलु मैदानमा जित निकाल्न असफल भएको छ । बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २४ अंकले अघि रहेको छ । बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया