महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
बझाङ – जयपृथ्वी राजमार्गमा अन्र्तगत मोरीबगरको तारुगाडमा रहेको पक्की पुल र मौरीबगर बजार बाढीको जोखिममा परेको छ ।
तारुगाडले बगाएर ल्याएको ढुङ्गा र माटो पुल बरपर र पुल मुनि थुप्रदै गएपछि बजार र पुल जोखिममा परेको हो । खोलाको माथिल्लो तटिय क्षेत्रबाट बगेर आउने माटो र ढुङ्गा पुलको मुनि थुप्रिन थालेपछि तारुगाडमा निर्माण गरिएको पुलका साथै बजारसमेत जोखिममा परेको हो ।
सदरमुकाम चैनपुरदेखि १८ किलोमिटरमा रहेको यो पुल भत्किएमा जयपृथ्वी राजमार्ग नै अवरुद्ध हुने छ । ठूलो बाढी आएका बेला पुलमा थुप्रिएको ढुङ्गा र माटोका कारण खोलाले धार परिर्वतन गर्ने र आसपासमा रहेको मौरीबगर बजार क्षेत्रको बस्तीमा समेत क्षति पुग्ने डरले स्थानीयहरु त्रसित छन् ।
लगातार वर्ष ठूलो पानी पर्ने वित्तिकै पक्की पुलको माथिल्लो भाग छोएर पानी बग्ने गरेको स्थानीयबासिन्दा तथा व्यापारी दिपक विष्टले बताउनुभयो । कुन समयमा खोला नै थुनिएर बजार पनि बगाउने हो भन्ने डरले राति सुत्न पनि नपाएको विष्टले दुखेसो पोख्नुभयो ।
दश वर्ष पहिला २०६५ सालमा निर्माण भएको यो पुलको पिलरहरु समेत खतरामा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।