प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज

 असार २९, २०७७ सोमबार ९:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङको पथरी शनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २४ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया