तनहुँमा बाढी पहिरो : ६ जनाको ज्यान गयो, ५ जना बेपत्ता

 असार २९, २०७७ सोमबार १२:२:३६ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँमा बाढी पहिरोका कारण ६ जनाको ज्यान गएको छ । ५ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।

व्यास नगरपालिकामा ३ जना, म्याग्दे गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनाको ज्यान गएको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो ।

व्यास नगरपालिका-९, माँझफाँटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीया अञ्जना थापाको ज्यान गएको पौडेलले बताउनुभयो । पहिरोमा परी १९ वर्षीय राजेश थापा बेपत्ता हुनुभएको छ । घरधनी केशर थापा घाइते हुनुभएको छ । 

त्यसैगरी व्यास नगरपालिका-५ मा पहिरोमा परी ६० वर्षीया मैतीकुमारी थापाको ज्यान गएको छ । म्याग्दे गाउँपालिकामा गएको पहिरोमा १७ वर्षीया लक्ष्मी वि.क र ऋषिङ गाउँपालिका-८, भैँसीखिलीमा आनबहादुर थापाको घर पहिरोले पुर्दा भेषबहादुर थापाको ज्यान गएको छ । 

अरु ४ जना बेपत्ता भएका र  १ जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नानुमाया थापा, उनकी छोरी अमिसा थापा, मानदेव थापा र उहाँकी श्रीमती मनिसरा थापा रहेका छन् । घाइते ६० वर्षीया ज्योतीमाया थापाको पोखरामा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया