दाङका दुई वडाका ४० जनामा सिकलसेल पोेजिटिभ

 असार २९, २०७७ सोमबार १३:५५:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको दङ्गीशरण गाउँपालिकाका दुई वटा वडाका ४० जनामा सिकलसेल पोेजिटिभ देखिएको छ । 

गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गरी दुई सय ४१ जनामा गरिएको परीक्षणमा ४० जनामा सिकलसेल पाजिटिभ देखिएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिनुभयो । 

योसँगै दङ्गीशरणमा सिकलसेल पोजिटिभ हुनेको सङ्ख्या एक सय १८ पुगेको छ । गाउँपालिकाका सात सय १५ जना थारु समुदायका नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । 

साेमबार दङ्गीशरणको १ र २ नम्बर वडामा परीक्षण हुनेछ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअर्न्तगत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया