बालकको कानमा लगाएको मुन्द्रा चोर्ने पक्राउ

 साउन १९, २०७५ शनिबार १७:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – ६ वर्षीय बालकको कानमा लगाएका मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ ।

सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिका १० का १५ वर्षीय कुबेर रसाइलीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

गएको बिहीबार घर नजिकै खेली रहेको अवस्थामा ६ वर्षीय बालकलाई फकाएर रसाइलीले बालकले कानमा लगाएको मुन्द्रा चोरी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा बालकको मुन्द्रा हराएको थाहा भएपछि खोजी गर्दै जाँदा ६ वर्षीय बालक अभयका बाजे ललित बोहराले रसाइलीलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएको वडा प्रहरी कार्यलयका इन्चार्ज केशव सिंह थापाले बताउनुभयो ।

६ वर्षका बालक अभय बोहराले आफ्नो कानको मुन्द्रा चोरी गर्ने व्यक्ती यही हो भने पछि अभयका बाजे ललित बोहराले उनलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । 

आफूले बालकको कानमा लगाएका सुनका  मुन्द्रा चोरी गरेको रसाइलीले स्वीकार गरेको प्रहरीले जनाएको छ । रसाइलीले एक मुन्द्रा सदरमुकाम चैनपुरकै व्यापारीसँग २ हजार ५ सयमा बिक्री गरेको र एक मुन्द्रा धनगढीको एक जनासँग बिक्री गरेको बताएका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया