अपि हिमालको काखमा क्रिकेटको मजा

 असार २९, २०७७ सोमबार १५:४७:५७ | सीताराम ओझा
unn.prixa.net

 दार्चुला – दार्चुलाको खण्डेश्वरी गाउँपालिकामा रहेको अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाइएको छ ।

 प्रकृतिले सजिएको दार्चुलाको अपि हिमालको खण्डेश्वरी खात्ती सदिल चौड खेल मैदानमा क्रिकेट खेल्ने गरिएको छ । जहाँ खेलसँगै प्रकृतिकाे साैन्दर्यकाे मनमाेहक दृश्य पनि नियाल्न पाइन्छ ।  

पृष्ठभूमिमा हेर्दा लाग्छ प्रकृति हाँसेको छ, रमाएको छ । जहाँ खेलाडीहरुले स्वर्गकै आभास गर्ने गरेका छन् । अझ हिमालको काखमा क्रिकेट खेल्नुको मजा अझ आनन्ददायी हुने स्थानीय खेलाडीहरु बताउँछन् ।   


तस्बिर : सुरेश बोहरा 

अन्तिम अपडेट: चैत ६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया