म्यानचेस्टर सिटीमाथिकाे प्रतिबन्ध फुकुवा

 असार २९, २०७७ सोमबार १५:५६:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ –  इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्ध साेमबार फुकुवा भएकाे छ ।  

खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा भएकाे जनाएकाे हाे । युरोपियन फुटबल महासङ्घले प्रिमियर लिग क्लब सिटीलाई गएको फेब्रुअरीमा दुई सिजनकाे लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

यूईएफएकाे क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो । यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरोसमेत जरिबाना गरिएको थियो ।

फुकुवासँगै सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । यस्तै सिटीको जरिबानासमेत कम भएको छ । सिटीले अब १० मिलियन युरो जरिवाना तिर्नु पर्नेछ ।

प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया