मौसमको कारण सिलिचोङमा हेलिकप्टर बस्न सकेन, बेपत्ताको खोजी चल्दै

 असार ३०, २०७७ मंगलबार ९:४१:४० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोपछि हराइरहेका ११ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

शनिबार राती खसेको पहिरोले ९ घर बगाउँदा हराइरहेको ११ जनाको अवस्था अझै थाहा हुन नसकेको हो । स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

पहिरो खसेपछि सिलिचोङ–१ बेसिन्दा गाउँका ७३ घरका ३ सय ५० जनाभन्दा धेरैलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । यसैबीच उद्धार र राहतको लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत विशिष्ट व्यक्ति सेनाको हेलिकप्टर लिएर प्रभावित ठाउँमा गए पनि बाक्लो हुस्सु र कुहिरोका कारण अवतरण गर्न समस्या भएपछि खाँदबारीको तुम्लिङटार बसेको छ ।

मन्त्री राईसहितको टोली आज प्रभावित ठाउँमा जाने तयारी भएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया