अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना, भाजपाद्वारा निन्दा

 असार ३०, २०७७ मंगलबार १०:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने भनेर अभिव्यक्ति दिएपछि यसको चर्को आलोचना भएको छ । भारत र देश भित्रैबाट समेत आलोचना भएको हो ।

प्रधानमन्त्री जस्तो व्यक्तिले बिना आधार र प्रमाण विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री, मन्त्रीदेखि नेकपाकै नेता कार्यकर्तालेसमेत आलोचना गरेका छन् । भारतीय मिडियाहरुले यसैलाई प्रमुख विषय बनाएर प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् ।

यसैबीच भारतको सत्तारुढ दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । 

सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • दुर्गाप्रसाद आपागाई

    July 14, 2020, 3:15 p.m.

    भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले अन्तरास्ट्रिय सम्मेलन मा ठाडै बुद्ध भारतको भन्न मिल्ने अनि हाम्रा प्रधानमन्त्री ले आफ्नै मन्त्रीमन्डल मा अयोध्या नेपाल मा पर्छ भन्दा यत्रो रडाको मच्चाउने पक्कै पनि भारतिय दलाल हुनु पर्छ!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया