स्याङ्जामा पहिरोले पुरेर एक जनाको ज्यान गयो, तीन जना बेपत्ता

 असार ३०, २०७७ मंगलबार ११:३२:२४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाँकुरीथोकमा पहिरोले पुरिंदा बिर्घाका एक जनाको  ज्यान गएको छ ।

हिजो बेलुकी गएको पहिरो हेर्न आज बिहान छिमेकीसँगै पुगेका अन्दाजी ७० वर्षका पुरुषलाई माथिबाट झरेको पहिरोले पुरेको स्थानीय कोटाकोट निमाविका प्रधानाध्यापकप्रर्थ थापाले जानकारी दिनुभयो । तीन जना घाइते भएका छन् । दुई जना बेपत्ता छन् ।

पहिरोले स्थानीय ३ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्याङजाका प्रहरी प्रमुख बिमलराज कँडेलका अनुसार बेपत्ताको खोजी भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया