दाउन्नेमा खसेको पहिरो पन्छाएपछि एकतर्फी गाडी सञ्चालन

 असार ३०, २०७७ मंगलबार ११:५५:३८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गएराति दाउन्नेको विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नवलपरासी पूर्व विनयी त्रिवेणी –२, मा खसेको पहिरोका कारण ६ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर एकतर्फी रुपमा गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

पहिरोसँगै झरेको रुखले बा १४ च ७०२० को कार र ना ६ ख १५ ५९ नम्बरको ट्रक समेत च्यापिएको थियो । मानवीय क्षति भने भएको छैन । दाउन्नेको विभिन्न ठाउँमा साना साना पहिरो खसेकाले आवतजावतमा समस्या भएको प्रहरी नायव उपरीक्षक खाँडले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया