सलहको झुण्ड रोल्पा, रुकुम हुँदै सल्यान जान सक्ने

 असार ३०, २०७७ मंगलबार १२:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रहेको सलह कीराको झुण्ड रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

अस्ति प्युठानको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका आसपासको क्षेत्रमा बसेको सलहको झुण्ड गएराति रोल्पा र प्युठानको बीचमा बसेको केन्द्रको भनाइ छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार यो सलहको झुण्ड आज घाम लागे रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सम्भावना छ ।

यसलाई बालीमा बस्न नदिन ढ्याङग्रो ठोक्ने, थाल बजाउने, धुँवा बाल्ने लगायत ठूलो आवाज निकाल्न उहाँको सुझाव छ । ठूलो आवाज निकाल्दा सलहको झुण्ड छिन्नभिन्न हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको भनाई छ ।

यस्तै यो झुण्ड बाहिरिए पनि अर्को झुण्ड पर्साको वीरगन्ज हुँदै नेपाल पस्ने देखिएकाले सतर्क हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया