आइतबारदेखि कामु प्रधानन्यायाधीश जोशी बिदामा बस्ने

 साउन १९, २०७५ शनिबार १९:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदा बस्ने हुनुभएको छ ।

सुनुवाई समितिले शुक्रबार भावी प्रधान्यायाधीशका रुपमा आफ्नो नाम अस्वीकृत गरेपछि जोशी आइतबारदेखि बिदामा बस्ने हुनुभएको हो । उहाँले शनिबार नै यसबारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ ।

उहाँले कति दिनको बिदा बस्ने जानकारी गराउनुभएको हो भन्नेबारे  चाहिँ राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताउन चाहेनन् । जोशी बिदामा बस्ने भएपछि आइतबारदेखि सर्वोच्च अदालतको पेशी बरिष्ठताका आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया