सर्पको टोकाइबाट बालिकाको मृत्यु

 साउन २०, २०७५ आइतबार ८:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको बसबरिया –३ मा विषालु सर्पको टोकाइबाट एक जना बालिकाको ज्यान गएको छ। 

स्थानीय रामप्रवेश साहको ७ वर्षीया  छोरी हेमाकुमारी साहलाई शनिबार दिउँसो  विषालु सर्पले टोक्दा  ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

सर्पको टोकाइबाट बेहोस भएको बालिकालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया