पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध

 साउन २०, २०७५ आइतबार १५:१९:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – लगातारको वर्षाका कारण आएको पहिरोले अत्तरीया–स्याउले जोड्ने भिमदत्त राजमार्ग बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भिमदत्त राजमार्ग अन्तरगत पर्ने डोटीको गोल्डेन भन्ने ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । पहिरोले झण्डै २० मिटर सडक पुरेपछि तराईबाट पहाड तथा पहाडबाट तराईका लागि छुटेका धेरै सवारी साधन र यात्रुहरु बिहानदेखि नै बीच बाटोमै अलपत्र परेको स्थानीयवासी टिकासिंह मल्लले बताउनुभयो ।

अबरुद्ध भएको राजमार्ग खोल्नका लागि छिमेकी जिल्ला कैलाली तथा डडेल्धुराबाट डोजर झिकाइएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । डोटीमा गएराति देखी लगातार पानी परीरहेको छ ।

लगातारको बर्षाका कारण यहाँको सेती नदि तथा आसपासका खोला नालामा पानीको बहाब बढेकाले नदी किनाराका स्थानीयवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया