२४ घण्टामा ३११ जनामा काेराेना सङ्क्रमण, सङ्क्रमितकाे सङ्ख्या १९ हजार नाघ्याे

 साउन १३, २०७७ मंगलबार १६:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । पछिल्लाे २४ घण्टामा तीन सय ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ६३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या १३ हजार आठ सय ७५ पुगेको छ ।

काेराेना सङ्क्रमणकाे कारण थप एक जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि भएकाे छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।

अहिले पाँच हजार एक सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुको देशका विभिन्न आइसाेलेसनमा राखेर उपचार भइरहेकाे छ । अहिलेसम्म तीन लाख ५२ हजार तीन सय सात जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ भने १५ हजार तीन सय ३१ जना क्वरेण्टीनमा रहेका छन् । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया