अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जोखिमपूर्ण कोरोनाकाे औषधिको पक्षमा वकालत

 साउन १४, २०७७ बुधबार ८:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि अप्रमाणित र जोखिमपूर्ण औषधिको पक्षमा वकालत गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) , स्वास्थ्य विज्ञहरुकाे अध्ययन तथा अनुसन्धान विपरीत अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको उपचारमा औलोविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्नु पर्ने पक्षमा वकालत गर्नुभएको बीबीसीले जनाएको छ । 

ट्रम्पले यो औषधिको प्रयोगले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने वा सङ्क्रमण निको हुने बताउँदै आउनुभएको छ । तर अमेरिकाकै स्वास्थ्य विज्ञ, डब्लुएचओ तथा वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी नहुने बताउँदै यसको प्रयोगले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा मुटुसम्बन्धी समस्या आउन सक्ने र कतिपय अवस्थामा ज्यान पनि जान सक्ने चेतावनी दिइसकेका छन् । 

संयुक्त राज्य अमेरिकामा मात्रै झण्डै ४५ लाखमा कोरोना पुष्टि भएको छ भने एक लाख ५२  हजारभन्दा धेरैको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया