सडकको नाम प्रचण्डपथ, प्रचण्डले गरे शिलान्यास

 साउन २१, २०७५ सोमबार ५:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा - कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ राखिएको छ । यो सडक कालोपत्रे गर्नको लागि आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको छ । 

करीब ९ किलोमिटरको यो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ । 

शहरी विकास मन्त्रालयको सहयोगमा यो सडक कालोपत्रे हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया