इङ्गल्याण्डका केही क्षेत्रमा अर्को दुई हप्तासम्म लकडाउन कायम नै रहने

 साउन १७, २०७७ शनिबार १४:८:२८ | एजेन्सी
unn.prixa.net

इङ्गल्याण्डमा कोरोना सङ्क्रमित बढेपछि आजदेखि खुकुलो पार्ने भनिएका क्षेत्रहरुमा अर्को दुई हप्ता लकडाउन कायम नै रहने भएको छ ।

आजदेखि खोल्ने भनिएका क्यासिनो र खेलस्थलहरु अझै दुई हप्ता बन्द गरिने भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले अहिले ’साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ भन्दै सिनेमा हल लगायतका अरु लकडाउन खुकुलो पारिएको क्षेत्रमा पनि मास्क अनिवार्य लगाउनुपर्ने बताउनुभएको बीबीसीकाे खबरमा उल्लेख छ ।

प्रधानमन्त्रीले जोनसनले सङ्क्रमित बढे पनि यो हप्ता ज्यान जानेको सङ्ख्या कम भएको भन्दै भाइरस नियन्त्रणमा प्रयास गरिरहने बताउनुभयो । राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले जारी गरेको तथ्याङ्क अनुसार इङ्गल्यान्डमा एक हप्ता अगाडि प्रतिदिन ३ हजार २ सय जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन झण्डै एक हजारले बढेर ४ हजार २ सय पुगेको छ ।

मानिसहरूलाई नियम पालना गर्न, हात धुन, मास्क लगाउन , भौतिक दूरि कायम राख्न र लक्षण देखा परेको भए परीक्षणमा जान प्रधानमन्त्री जोनसनले आग्रहसमेत गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया