ओली र प्रचण्ड आ–आफ्नै अडानमा, साक्षीसहित बसेकाे छलफल पनि निष्कर्षविहीन

 साउन १८, २०७७ आइतबार १४:५१:३४ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका चार जना नेताको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी हुनुभएको थियो । झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गर्नुभएको केही समयमै २९ जना स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका थिए ।

बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन ।

आइतबारदेखि दुई अध्यक्षबीच फेरि संवाद सुरु भएको हो । उहाँहरुबीच गएको साउन १३ गतेदेखि संवाद हुन सकेको थिएन ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया