काम खोजिरहेका युवालाई 'आफ्नो गाडी आफैं सवारी' अभियान

 साउन २१, २०७५ सोमबार ९:१९:४३ | उज्यालो सहकर्मी

काठमाडौं - सिप्रदीले रोजगारीको अवसर खोजिरहेका युवालाई लक्षित गर्दै आफनो गाडी आफैं सवारी नामक व्यावसायिक अभियान शुरु गरेको छ । आइतबारदेखि युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको हो ।

सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने भएको हो । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने सिप्रदीले जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले सुरु गरेको अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिनेछ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीकाे भनाइ छ ।

अभियानले स्वेदशमा नै रोजगारीको सिर्जना गरी वैदेशिक रोजगारीका लागि विदेशीनु पर्ने बाध्यतालाई कम गर्ने कम्पनीले विश्वास लिएको छ ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो, ‘सामाजका लागि यस्तो रोजगारीमूलक अभियानको शुरु गरेकोमा हामी गर्व महशुस गर्दैछौ र नेपाली युवालाई टाटा सुमो अपनाएर आफनो रोजगारी आफैं सिर्जना गर्न आह्वान गर्छौं ।’

अन्तिम अपडेट: चैत २, २०८०

5 Comments

  • सन्दिप सुबेदि

    Aug. 10, 2018, 11:46 a.m.

    यो कुरा राम्रो लागो ।अनि तालिम लिन काहा आउने होनि

  •  0 Reply
  • Mohan prasad dhakal

    Aug. 7, 2018, 11:16 p.m.

    १२ लाख नभई नहुने हो हजुर , ऋणको कस्तो व्यवस्था छ ? पैसा चाहिँ ऋण लिन बुझाउंदा डुबिन्छ होला /

  •  0 Reply
  • Arjun mahat

    Aug. 6, 2018, 10:21 p.m.

    Good news sir this tata somu Diesel ki portal

  •  0 Reply
  • लक्ष्मीधर पाध्या

    Aug. 6, 2018, 5:57 p.m.

    तपाइको यो लेख राम्रो लाग्यो र मलाइ तपाइको नम्बर उपलब्ध गराउन सक्नु हुन्छ? सक्नु हुन्छ भने मेरो भाइबर इमो नम्बर यसप्रकार छ 00966503495720

  •  0 Reply
  • Prem prasad uprety

    Aug. 6, 2018, 11:28 a.m.

    Hat ma sip xa tara 12lakh dop garna poisha xena ka garnu ramro ramro offer haru bhayara pane baru as ma khaie samsodan garda kasto hola tasto bhaya xa bhana bichar garnu parxa ramro offer ho

  •  0 Reply

तपाईको प्रतिक्रिया