दाजुभाइको विवादमा छुरा प्रहार हुँदा बाबुको मृत्यु

 साउन २१, २०७५ सोमबार ९:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो । त्यस्तै छुरा प्रहारबाट उहाँका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं रेफर गरिएको छ । आइतबार राति रामवृक्ष यादवका दाजुभाइबीचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरीका अनुसार दाजुभाइमध्ये एकले छुरा चलाएको भए पनि कसले हान्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।    
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया