काेराेना भाइरसलाई हराउन कुनै 'चाँदीकाे गाेली' छैन : डब्ल्यूएचओ

 साउन १९, २०७७ सोमबार १९:५२:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ । 

विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।  

उहाँले भन्नुभयाे, 'अहिले याे भाइरसकाे कुनै सटीक र निश्चित प्रकारकाे उपचार उपलब्ध छैन र यसकाे ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ ।'

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले काेराेनाविरुद्धकाे खाेप खाेज्न हतार गर्नु बाहेक भाइरसकाे लागि 'सिल्भर बुलेट (चाँदीकाे गाेली)' नभएकाे बताउनुभएकाे छ । 

सङ्गठनले एक दिनअघि मात्रै पनि काेराेनाकाे महामारी अझै केही सयमसम्म रहिरहने बताएकाे थियाे । 

यद्यपि विश्वभर काेराेना भाइरसबाट बच्नका लागि खाेपकाे परीक्षण भइरहेकाे छ तर अहिलेसम्म निश्चित रुपमा कुनै खाेप बजारमा आइसकेकाे छैन । 

गएकाे महिना अक्सफाेर्ड विश्वविद्यालयले आफूले बनाएकाे खाेप परीक्षणकाे क्रममा सुरक्षित भएकाे र राेग प्रतिराेधात्मक क्षमता बढाउन मद्दत गर्ने बताएकाे थियाे । वैज्ञानिकहरुले पनि यसलाई ठूलाे सफलता भएकाे बताएका थिए । 

अब त्याे खाेपकाे अघिल्लाे परीक्षण झण्डै १० हजार जनामा गरिँदैछ । 

अहिलेसम्म विश्वभर एक कराेड ८२ लाखभन्दा धेरै मानिसमा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये एक कराेड १४ लाखभन्दा धेरै निकाे भएर घर फर्किँदा ६ लाख ९३ हजारभन्दा बढीकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया