राहत समाग्री लिएर प्रदेश सरकारको टोली जाजरकोटमा

 साउन २१, २०७५ सोमबार ११:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले जाजरकोटका पहिरो पीडितलाई राहत वितरणका लागि प्रदेश सरकारको टोली जाजरकोट गएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा राहत समाग्री सहित जाजरकोट गएको हो । मन्त्री भण्डारीको नेतृत्वमा जाजरकोटका प्रदेश सांसद, गणेशप्रसाद सिंह, कृष्णा शाह, कौशिलावती खत्री पनि जानुभएको छ ।

प्रदेश सरकारले मृतकका परिवारलाई तत्काल २५ हजार र खाद्यनन् समाग्री वितण गर्ने जनाएको छ । हिजो जाजरकोटको भेरी नगरपालिका–३, ठाँटी बजारमा गएको पहिरोमा ८ जनाको ज्यान गएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया