नारायणगढ–मुग्लिन सडक खुल्यो

 साउन २१, २०७५ सोमबार ११:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरो हटाएपछी मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । जलविरे र घुमाउनेमा खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी नै बाटो खुलेको प्रहरीले जनाएको छ ।

लगातारको झरी र पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड दिनहुँ अवरुद्ध हुँदै आएको छ । यो खण्डमा पहिरोको जोखिम रहेकाले जुनसुकै बेला खतरा रहेको  प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले पनि सडकमा यात्रा गर्दा सावधानी अपनाउन आगह गरेको छ । 

मुग्लिनको बाटो खुले पनि धादिङको जोगिमारामा भने एकतर्फी मात्रै गाडी चलेका छन् । बाटोको सबै पहिरो हटाएर दुईतर्फी नै बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया