कैलालीमा छिमेकीबाटै १३ वर्षीया बालिका बलात्कृत

 साउन २१, २०७५ सोमबार १४:२८:१८ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश नम्बर ७ को कैलाली र कञ्चनपुरमा दिनानुदिन बलत्कारका घटना बढ्दै गइरहेका छन् । 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सेलाउन नपाउँदै कैलालीकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

लम्कीचुहा नगरपालिका–३, चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन् । इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका हुन । छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएपछि शनिबार नै बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताएका छन् । 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बुढाले बलात्कार गरेको स्वीकारेका छन् । घटनाका आरोपी बुढालाई प्रहरीले जबर्जस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया