सर्तक रहनुहोस् ! बागमती, रोशी, कमलालगायतका खोलाहरुमा आकस्मिक बाढीको सम्भावना

 साउन २१, २०७५ सोमबार १४:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं उपत्यका आसपाससहित देशका धेरै ठाउँमा आजराति अझै ठूलो पानी पर्ने अनुमान मौसमविदले गरेका छन् । 

मनसुन सक्रिय भएकोले काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुली र मकवानपुरको आकाशमा बाक्लो बादल विकास भइरहेकाले राति ठूलो पानी पर्ने सम्भावना छ । 

त्यसैले बाग्मती, रोशी, कमला र तिनका शाखा खोलामा ठूलो बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । शाखाले मध्य तराईका चुरेबाट बहने खोलामा पनि बाढीको सम्भावना रहेको बताएको छ ।

यस्तै उत्तरी दार्चुलामा पनि ठूलो पानी परिरहेकाले महाकाली नदी आसपासमा पनि सतर्कता अपनाउन शाखाले भनेको छ । भोलिदेखि भने पानी पर्न कम हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया