लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
बझाङ – जिल्ला अस्पताल बझाङले संचालनमा ल्याएको फार्मेसीमा ३ लाख रुपैयाँ घोटाला भएको भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मीले जिल्ला अस्पतालमा संचालन गरेको फार्मेसीमा तीन लाख रुपैयाँ हिनामिना भएको बताउनुभएको हो ।
हेल्थ असिस्टेन दीपकबहादुर ऐडीको संयोजगत्वमा २ सदस्य टोलीले बुझाएको प्रतिवेदनमा ३ लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ । आफूले तयार पारेको प्रतिवेदन अस्पताल विकास समितिलाई बुझाई सकेको ऐडीले बताउनुभयो ।
फार्मेसीको रकम हिनामिना गर्नमा फार्मेसीमा बस्ने २ जना कर्मचारीसहित अन्य ५–६ जनाको संग्लग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।
केही रकम फार्मेसीका कर्मचारीले राख्ने केही रकम लेखामा बुझाउने कर्मचारीले राख्ने र केही रकम लेखापालले समेत राख्ने गरेका कारण रकम हिनामिना भएको जनाइएको छ । कुन कर्मचारीले कति रकम हिनामिना गरेका छन् भन्ने खुल्न सकेको छैन ।
फार्मेसीमा जम्मा भएको रकम सदरमुकाम चैनपुरमा रहेको सिटिजन्स बैङ्कमा जम्मा गर्नु पर्ने हुन्छ । केही रकम मात्रै जम्मा हुने भए पनि बाँकी सबै रकम कर्मचारीहरुको मिलेमतोमा नै बाँडफाँड गरी हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ ।
अस्पताल विकास समीतिले त्यो रकम असुल गर्नका लागि सम्बन्धित कर्मचारीहरुलाई पत्र काट्ने निर्णय गरेको जनाइएको छ । अहिले फार्मेसीमा काम गर्ने कर्मचारी नभएका कारण फार्मेसी दुई हप्तादेखि बन्द रहेको कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले बताउनभयो ।
कर्मचारीहरुले फार्मेसीमा काम गर्न नसक्ने भनेर काम छोडेपछि फार्मेसी बन्द गर्नु परेको डाक्टर रेग्मीको भनाई छ । अहिले फार्मेसीमा कर्मचारीका लागि दरखास्त आब्हान गरिएको छ । डाक्टर रेग्मीका अनुसार अबको केही दिनमा नै फार्मेसी संचालनमा आउने छ ।
फार्मेसीमा भएको रकम हिनामिनाको विषयमा भने कार्यालय प्रमुख डाक्टर रेग्मीले पत्राचार भै सकेको र कानुनी प्रकृयामा गएर भए पनि रकम असुल गर्ने बताउनुभएको छ । जिल्ला अस्पताल भित्रै संचालनमा ल्याइएको फार्मेसी २०७३ सालदेखि संचालनमा आएको थियो ।