बलात्कारका आरोपीले गरे हिरासतमै आत्महत्याको प्रयास

 साउन २१, २०७५ सोमबार १७:२६:९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – एक युवतीलाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आठबीसकोट नगरपालिका–९, की २० वर्षकी एक युवतीलाई बलात्कार गरेको आरोपमा त्यसै ठाउँका १७ वर्षका भीमबहादुर बटाला र १६ वर्षका दीपक बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । 

दुई युवाले साउन–१७, गते साँझ बलात्कार गरेको भन्दै युवतीले इलाका प्रहरी कार्यालय आठबीसकोटमा निवेदन दिएको र १८ गते उनीहरुलाई पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिनुभयोे ।

आरोपित दुवैलाई १९ गते जिल्ला प्रहरी कार्यालय २० गते मुद्धा दर्ता गरी जिल्ला अदालतबाट सातदिनको म्याद थप गरेर अनुसन्धान भैरहेको उहाँको भनाई छ । 

यस्तै आरोपित मध्येका दीपक बुढाथोकीले हिरासतमै आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । बुढाथोकीले आइतबार हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेको र डिउटीमा रहेका प्रहरीले थाहा पाएपछि तुरुन्तै उद्धार गरेको बताइएको छ ।

धाराको टुटीमा आफूले लगाएको टिसर्टले झुण्डिएर आत्महत्याको प्रयास गरेका बुढाथोकीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

बुढाथोकीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको समेत उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया