भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि, ९४२ जनाको ज्यान गयो

 साउन २९, २०७७ बिहिबार ११:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमित र ज्यान जानेको संख्या दैनिक रेकर्ड बन्न थालेको छ । 

भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि भएको छ । ९ सय ४२ जनाको ज्यान गएको छ । 

गएको २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको  ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका र ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया