वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल

 जेठ १५, २०७५ मंगलबार १५:४१:५
unn.prixa.net

वैदेशिक रोजगारीको नाममा भएको ठगी र मानव बेचबिखन घटाउन सकिने उपायबारेमा नलवपरासीमा प्रहरीसँग छलफल गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा नवलपरासीको सुस्ता पश्चिमका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा काम गर्ने सबै प्रहरीलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी गराइएको हो ।

प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जिल्लामा कार्यरत प्रहरीलाई वैदेशिक रोजगारीका नाममा भएको ठगी र मानव बेचबिखन कम गर्न डटेर लाग्न अनुरोध गर्दै  अपराध अनुसन्धान महाशाखा टेकुको पिल्लर नम्बर ९ ले सञ्चालन गरेको हटलाइन सेवाले पनि यसलाई कम गर्न सहयोग गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ३५ जना प्रहरीको सहभागीता थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया