बोर्डबाट प्रदान हुने आर्थिक सहायता भदौ १५ सम्म बन्द

 साउन ३०, २०७७ शुक्रबार १६:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि बन्द हुने भएको छ ।

७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्ने गर्ने आर्थिक सहायता पनि पर्सि साउन ३२ गतेदेखि भदौं १५ गतेसम्म रद्द गरेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीले पालिकामार्फत नै आर्थिक सहायताका लागि निवेदन दिने व्यवस्था गरे पनि धेरै जना आर्थिक सहायताका लागि बोर्ड नै आउने गरेका छन् । कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले अनुरोध गरेको छ ।

पालिकाहरुलाई प्राप्त कागजात, प्रमाण र सिफारिससहित बोर्डमा पठाउन अनुरोध पनि गरेको छ । यस्तै बोर्डले विदेशबाट आउने शव त्रिभुवन विमानस्थलदेखि घरसम्म लैजानका लागि बोर्डको वेवसाइट www.fepb.gov.np मा राखिएको निवेदनको ढाँचा अनुसार अनलाइनमार्फत नै निवेदन दिन अनुरोध गरेको छ ।

निवेदन अनलाइनमार्फत नै दिन सकिन्छ । फारम भरेर [email protected] मा इमेल गर्न सकिन्छ । बोर्डले इमेलमार्फत नै सेवा प्रदायकालाई सिफारिस पठाइ शव ढुवानीको व्यवस्था गर्ने जनाएको छ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा श्रम कलसेन्टरमा ११४१ नम्बरमा फोन गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया