जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

 साउन २२, २०७५ मंगलबार ८:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क तम्घास मूल सडकको वांगला कोटफेरामा यात्रुवाहक जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलम ज्यान गएको छ । 

ज्यान जानेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ वर्षीय सन्तोष भुसाल रहेका छन् । लु. १ ज १७७० नम्बरको जीप सडकबाट तल बारीमा खसेको थियो ।

मथुराबेशीमा यात्रुलाई पुर्याएर घर फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया