कार्गो सञ्चालन नहुँदा विमानस्थलमै थन्किए खाद्य सामग्री

 साउन २२, २०७५ मंगलबार ९:१६:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुका लागि लगिएको खाद्यान्न लगायतका अन्य सामग्री चार महिनादेखि फाप्लु विमानस्थलमा थन्किएका छन् । श्री एयरलाइन्सको कार्गो विमानमा समस्या आएपछि महिनौदेखि ढुवानीको सामान विमानस्थलमै थन्किएको हो । 

ढुवानी कर्ता कर्मा शेर्पाका अनुसार कार्गो विमान बिग्रिएर समयमा नै मर्मत हुन नसक्दा निर्माण सामाग्रीसहित दैनिक उपभोग्य वस्तु खुम्बुको माथिल्लो क्षेत्र लैजान सकिएको छैन । उहाँका अनुसार विमान कम्पनिसँग कुराकानी भैरहेको छ । 

केही दिनमै कार्गो विमान सोलुखुम्बु आउने जानकारी विमान कम्पनीले दिएपनि कहिले आउँछ भन्ने यकीन भने छैन । अधिकांश सामाग्री स्याङबोचे लैजानुपर्ने छ ।
खुम्बुको माथिल्लो क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गराउँदै आउनुभएका स्थानीय व्यापारी गोपाल सुनुवारका अनुसार वैशाखदेखि खाद्यन्नका सामाग्री गोदाममा थन्किएको छ ।

समयमानै सामान ढुवानी हुन नसक्दा गोदाममा रहेको खाद्य सामाग्रीमा म्याद सकिने संभावना बढेको छ ।

खुम्बु क्षेत्रमा कार्गो सेवा उपलब्ध गराउने एकमात्र विमान कम्पनी श्री यएरलाइन्सका प्रतिनिधि राजनविक्रम शाहले ढुवानीको विषयमा आफूलाई केही पनि जानकारी नभएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया