सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय

 साउन २२, २०७५ मंगलबार ११:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय दिएको छ । यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायात व्यवसायीलाई आउँदो माघ मसान्तसम्ममा आफ्नो सेवा दर्ता गर्न निर्देशन दिएको हो । 

यो अवधिभित्रपनि सेवा दर्ता नगरे, अहिले चलाइरहेको रुटको इजाजतपत्र खारेज गरिने विभागले जनाएको छ । उनीहरुलाई नयाँ रुटमा इजाजतपत्र पनि नदिने विभागले जनाएको छ । यसअघि चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, संशोधन जारी गर्दै सरकारले गएको असार मसान्तसम्ममा सबै सार्वजनिक गाडीलाई दर्ता गर्न निर्देशन दिएको थियो । 

तर त्यो समयमा सबै व्यवसायीलाई पञ्जिकरणमा आउन समस्या भएपछि समय थप्नुपरेको विभागले जनाएको छ । सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्यको लागि निर्देशिका जारी गरेको दाबी गर्दै आए पनि व्यवहारमा भने सिण्डिकेट अन्त्य भएको छैन ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया