तीन दिनपछि शव फेला

 साउन २२, २०७५ मंगलबार १५:२०:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – काठेपुलबाट खस्दा खोलाले बगाएर हराएका एक पुरुषको शव तीन दिनपछि फेला परेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ निवासी ६० वर्षकका रनवीर खत्रीको शव मंगलबार फेला परेको आफन्तले बताएका छन् ।

खत्रीको शव बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्थित तार्सिबाङ्ग खोलामा फेला परेको हो । आइतबार स्थानीय दुली खोलाले खत्रीलाई बगाएको थियो । बाँफिकोट गाउँपालिकाको कार्यालयबाट काम सकेर फर्कँदै गर्दा खोलामा बगेर उनी बेपत्ता भएका थिए ।

खोलामा पुल नहुँदा सर्वसाधारणहरुलाई आवत जावतमा समेत समस्या हुँदै आएको छ । खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २०, २०७५

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । उहाँलार्ई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया