नहरमा खसेको थाल टिप्न खोज्दा दिदीभाइ बेपत्ता

 साउन २२, २०७५ मंगलबार १७:३४:३१ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा डुबेर एकै परिवारका दुई जना बालबालिका बेपत्ता भएका छन् । 

सिंचाइ आयोजनाको रामधुनी नगरपालिका –३, मा डुबेर एकै परिवारका २ जना दिदीभाइ बेपत्ता भएका हुन् । मंगलबार दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीय सृजना खड्का र ९ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन । भाँडा माझ्ने क्रममा पानीले थाल बगाएपछि थाल टिप्न ९ वर्षीय आश्विन र उनकी दिदी सिर्जना नहरमा पसेका थिए । 

उनीहरूको खोजी कार्य जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया