पहिरोले दुई घर बगायो, ५ जोखिममा

 साउन २२, २०७५ मंगलबार १७:५०:२७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगामा निरन्तरको वर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेका छन् ।

खिजिदेम्बा गाउँपालिका –९, र मोलुङ गाउँपालिका –७, को सिमानामा पर्ने पात्लेमा सोमबार रातिको पहिरोले डाटी शेर्पा र लमु शेर्पाको घर पुरेको छ ।  पहिरोले मानवीय क्षति नभए पनि एक हल गोरु र एउटा कुकुर बगाएको मोलुङ गाँउपालिका –७, का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो ।

गाउँमाथिबाट पहिरो खसेकाले त्यसै ठाउँका ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।  लगातार वर्षा भइरहेकाले ओखलढुंगामा पहिरोको जोखिम बढेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया