पवित्रा अधिकारी र बिनोद भण्डारीले गीतबाटै झापड हाने ‘दलाल’लार्इ (भिडियाे)

 साउन २२, २०७५ मंगलबार १८:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - लाेक गायिका पवित्रा अधिकारी र बिनोद भण्डारीकाे आवाजमा रहेको नयाँ यथार्थपरक तीज गीत ‘दलाल’को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

गीतमा विभिन्न क्षेत्रमा रहेका बिचाैलिया र दलालहरुका कारण सर्वसाधारणहरु कसरी मर्कामा परिरहेका छन् भन्ने यथार्थलार्इ चित्रण गर्न खाेजिएकाे छ ।

 

शिव अखेलीको शब्दमा नरेश खाती छेत्रीको संगीत रहेको गीतमा अहिलेका चर्चित जोडी यादव देवकोटा (सरापे) र शुशिला निरौला(बिम्ली) ले अभिनय गरेका छन् ।

भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। गीत राम्रो बनेकाले धेरैको मन जित्नेमा  गायक-गायिका विश्वस्त छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया